काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
बालुवाटारमा आज बिहान भएको भेटमा ठाकुरले आफूहरूको माग सम्बोधन र सरकारमा सहभागितको विषय उठाएका छन्। दुवै नेताबीच भएको भेटघाटमा यसअघि गरिएका सम्झौता पालना गर्नु पर्ने विषयमा छलफल भएको जनाएको छ। जसपाको ठाकुर पक्षले अचानक प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको थियो।
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएपछि जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुनसक्ने सम्भावना बढेको छ।