बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीलाई भेटेर ठाकुरले भने– हाम्रा मुद्दा सम्बोधन गर्न तयारी थाल्नुस्

प्रधानमन्त्रीलाई भेटेर ठाकुरले भने– हाम्रा मुद्दा सम्बोधन गर्न तयारी थाल्नुस्

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मधेशका मुद्दा सम्बोधन गर्न आग्रह गरेका छन्।
 |  बुधबार, साउन ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन ६, २०७८

काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मधेशका मुद्दा सम्बोधन गर्न आग्रह गरेका छन्। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर ठाकुरले मधेशमा माग सम्बोधनका लागि देउवाको ध्यानाकर्षण गराएका हुन्।  

बालुवाटार स्रोतका अनुसार ठाकुले रेशम चौधरीको रिहाई र मधेश आन्दोलनका क्रममा नेता कार्यकर्तामाथि लागेका राजनीतिक मुद्दा फिर्ता लिन आग्रह गरेका थिए। 

‘हामीले विश्वासको मत दियौं। अब हाम्रा माग सम्बोधन गर्ने प्रयास तपाईले गर्नुपर्छ,’ ठाकुरले भनेका थिए। जवाफमा देउवाले संविधान र कानुनले मिल्ने अनुसार काम गर्ने बताएका छन्। 

आइतबार देउवालाई प्रतिनिधिसभामा जसपाको ठाकुर समुहलेसमेत विश्वासको मत दिएको थियो। प्रतिनिधिसभा बैठकमा ठाकुरले आफूहरूका माग सम्बोधन गर्न देउवालाई आग्रह गरेका थिए। जवाफमा देउवाले संविधान अनुसार गर्न मिल्ने माग सम्बोधन गर्न आफू तयार रहेको बताएका थिए। ठाकुर र देउवाबीच मन्त्रिपरिषद् विस्तारका विषयमा समेत छलफल भएको बुझिएको छ।

प्रकाशित: Jul 21, 2021| 07:46 बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।