काठमाडौं- वरिष्ठ कलाकार उत्तम नेपालीको ८५ वर्षको उमेरमा निधन भएको छ।
मनमोहन कार्डियो भास्कुलर सेन्टर महाराजगञ्जमा उपचाररत उनको बुधबार बिहान ४ बजे निधन भएको हो।
नेपाली नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य हुन्। नेपाली अमूर्त कलाका सिद्धहस्त कलाकार मानिन्छन्। उनी मुटु सम्बन्धि समस्याबाट ग्रस्त थिए।