बिहीबार, भदौ ४, २०८३

विराटनगरका ५२ व्यावसायीलाई जरीवाना तथा कारबाही

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७÷०७८ मा बजार अनुगमनबाट १९ लाख रुपैयाँ बढी जरिवाना असुल गरेको छ।
 |  बुधबार, साउन ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन ६, २०७८

विराटनगर- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७÷०७८ मा बजार अनुगमनबाट १९ लाख रुपैयाँ बढी जरिवाना असुल गरेको छ।

गत आर्थिक वर्षमा ५२ वटा फर्म अनुगमनबाट १९ लाख ५ हजार जरिवाना असुल गरिएको कार्यालयका प्रमुख सन्तोष पोखरेलले बताए।

उपभोग्य अवधि सकिएका तथा अंकित मूल्यभन्दा बढी लिएर बिक्री वितरण गर्ने फर्महरू कारबाहीमा परेको उनले बताए।

पोखरेलका अनुसार ६ वटा उद्योग, फर्म र पसलको अनुगमनबाट मात्रै १३ लाख जरिवाना गरिएको छ।

जैसानी टे«ड कन्र्सनलाई ३ लाख, विके मसला, सेन्ट्रल बजार, अंश लघु घरेलु उद्योग, विज्ञान फार्मेसी र विविता सर्जिकल हाउसलाई २–२ लाख जरिवान गरिएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले २०७७/७८ मा १ करोड ४१ लख ७० हजार ९ सय १५ राजश्व संकलन गरेको छ।

१ हजार ८ सय ३९ वटा फर्म दर्ताबाट ३२ लाख ५८ हजार ४ सय, फर्मको नवीकरण तथा संशोधनबाट ८९ लाख ९७ हजार ७ सय ८०, फर्म खारेजीबाट १९ लाख १४ हजार ७ सय ३५ राजश्व संकलन भएको कार्यालय प्रमुख पोखरेलले बताए।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फर्म दर्ता, नवीकरण र दर्ता खारेज गर्ने नियमावलीमा शंसोधन गरेर लाग्दै आएको दस्तुर घटाएकाले आर्थिक वर्ष २०७६÷०७७ को तुलनामा कम राजश्व संकलन भएको बताए।

प्रदेश १ का १४ वटै जिल्लाको अनुगमन गर्ने कार्यक्षेत्र भए पनि यसअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले अनुगमन मोरङलाई मात्रै केन्द्रित गर्ने गरेको थियो।

गत आर्थिक वर्षमा मोरङबाहेक ६ वटा जिल्लामा अनुगमन गरिएको कार्यालय प्रमुख पोखरेलले बताए। उनका अनुसार सुनसरी, झापा, धनकुटा, इलाम, पाँचथर र उदयपुरमा गरी २०२ फर्मको अनुगमन गरिएको छ।

जनशक्ति अभावमा १४ वटै जिल्लामा पुग्न नसकिएको उनले बताए। उनले भने, ‘स्थानीय तहसँगको समन्वयमा अनुगमनलाई बढाइँदै लगिनेछ।’ कार्यालय प्रमुख पोखरेलले बजार अनुगमन नियमित हुने गरेको बताए।

प्रकाशित: Jul 21, 2021| 05:46 बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।