बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सूचना विभागको प्रेस प्रतिनिधि प्रमाणपत्र अब अनलाइनबाटै

सूचना विभागको प्रेस प्रतिनिधि प्रमाणपत्र अब अनलाइनबाटै

सूचना तथा प्रसारण विभागले अब प्रेस प्रतिनिधि प्रमाणपत्र अनलाइनबाटै दिने भएको छ। 
 |  बुधबार, साउन ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन ६, २०७८

काठमाडौं- सूचना तथा प्रसारण विभागले अब प्रेस प्रतिनिधि प्रमाणपत्र अनलाइनबाटै दिने भएको छ। 

विभागले सूचना जारी गर्दै साउन १० देखि अनलाइन सेवा सुरू गर्न लागेको हो। विभागका अनुसार नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकको परिचयपत्र, नवीकरण, अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण कार्यहरू अनलाइनमार्फत हुनेछन्। 

यस्तै साउन १० देखि सेवाग्राहीको प्रत्यक्ष उपस्थितिमा हुने सेवा प्रवाह दिउँसो १ बजेसम्म मात्रै रहने विभागले जनाएको छ। 

सेवाग्राहीको प्रेस प्रतिनिधि प्रमाणपत्र र अनलाइन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र काठमाडौं उपत्यकाको हकमा निवेदन दिएको भोलिपल्टबाट विभागबाट उपलब्ध गराइने छ। 

उपत्यकाबाहिरका सेवाग्राहीको हकमा सेवाग्राहीको मागअनुसार विभाग वा सम्बन्धित जिल्ला हुलाक कार्यालयबाट उपलब्ध गराउने व्यवस्था गरिने विभागले जनाएको छ।

प्रकाशित: Jul 21, 2021| 04:45 बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।