बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चीनबाट ल्याइने १६ लाख डोज कोरोना खोप बिहीबार नेपाल आइपुग्ने

चीनबाट ल्याइने १६ लाख डोज कोरोना खोप बिहीबार नेपाल आइपुग्ने

कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लिन नेपाल वायु सेवा निगमको विमान आज राति चीन जाँदैछ।
 |  बुधबार, साउन ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन ६, २०७८

काठमाडौं– कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लिन नेपाल वायु सेवा निगमको विमान आज राति चीन जाँदैछ। विमान आज राति ११ बजे गएर बिहीबार दिउँसो २ बजे काठमाडौं आइपुग्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

सरकारले चीनसँग खरिद गरेको भेरोसेल खोप ३२ लाख डोज र चीनले अनुदानमा दिन लागेको १६ लाख डोज खोप ल्याइने मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिए। ४८ लाख डोजमध्ये केही दिनभित्रै २५ लाख ल्याइने उनले बताए। 

जसका लागि आजदेखि तीन उडानमार्फत नियमीत खोप ल्याइने मन्त्रालयले जनाएको छ। सरकारले चीनसँग खरिद गरेको ४० लाख डोजमध्ये ८ लाख डोज खोप ल्याइसकिएको छ।

प्रकाशित: Jul 21, 2021| 05:26 बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।