बिहीबार, भदौ ४, २०८३

कामदारले गरे घरधनीको हत्या

उदयपुरको त्रियुगा नगरपालिका-८ उत्राही टोलका ६५ वर्षीय महिकर चौधरीको आफ्नै घरमा काम गर्न बसेका कामदारले बुधबार बिहान हत्या गरेका छन्। 
 |  बुधबार, साउन ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन ६, २०७८

विराटनगर- उदयपुरको त्रियुगा नगरपालिका-८ उत्राही टोलका ६५ वर्षीय महिकर चौधरीको आफ्नै घरमा काम गर्न बसेका कामदारले बुधबार बिहान हत्या गरेका छन्। 

कामदारले गर्धनमा पटक-पटक खुकुरी प्रहार गर्दा वृद्ध उमेरका चौधरीको घटनास्थलमै मृत्यु भएको उदयपुर प्रहरीका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले बताए। उनका अनुसार बिहान ५:१५ बजेतिर चौधरीको गर्धनमा पाँच पटकसम्म खुकुरी प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

खुकुरी प्रहार हुन थालेपछि प्रतिकार गर्दा र छेक्न खोज्दा चौधरीको हातको औंला पनि काटिएको गौतमको भनाइ छ। घरधनी हत्याका आरोपी त्रियुगा-१३ पोर्ताहा घर भएका ४५ वर्षीय मेमोरी भनिने किसन सदालाई घटनामा प्रयोग गरिएको खुकुरीसहित पक्राउ गरिसकिएको डीएसपी गौतमले बताए। 

उनका अनुसार सामान्य विषयमा भएको विवादले हत्याको रुप लिएको हो। घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ।

प्रकाशित: Jul 21, 2021| 04:02 बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।