काठमाडौं– नेकपा (एमाले) को माधव नेपाल समूहले केपी ओली पक्षले पार्टी एकतामा भाँजो हाल्न खोजेको बताएको छ।
उक्त समूहका स्थायी कमिटी सदस्यहरुको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदलाई स्पष्टीकरण सोधेर आतंकित बनाउने, माधव नेपालविरुद्ध नाराजुलुस गर्ने, पुत्ला जलाउने काम ओली पक्षबाट भएको भन्दै खेद व्यक्त गरेको छ।
बैठकपछि नेता रघुजी पन्तले अदालतको फैसलाअनुसार सांसदहरुले विवेक प्रयोग गरेको भन्दै स्पष्टीकरणको औचित्य नभएको बताए।
बैठकले देउवा सरकारमा सहभागिताबारे भने कुनै निर्णय गरेन। नेपाल समूहका सहित ओली समूहका ८ जना सांसदले देउवालाई विश्वासको मत दिएका थिए।