बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीज्यू, विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्नु गैरकानुनी हो : गगन

प्रधानमन्त्रीज्यू, विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्नु गैरकानुनी हो : गगन

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैरकानुनी भएको भन्दै सचेत गराएका छन्।  
 |  बुधबार, साउन ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन ६, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैरकानुनी भएको भन्दै सचेत गराएका छन्।  

मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवासबाट दिल्लीमा उपचाररत एमाले बरिष्ठ नेता झलनाथ खनाललाई फोन गरी उपचार खर्च राज्यले व्यहोर्ने प्रतिबद्धता जनाएको समचार आएपछि थापाले देउवालाई सचेत गराएका हुन्।  

बुधबार विज्ञप्ती जारी गर्दै थापाले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैरकानुनी हो र अघिल्लो सरकारले कानुन विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाई उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ।’

थापाले विदेशमा उपचार गराएको खर्च राज्यले व्यहोर्न नमिल्ने कानुन २०७४ सालमै बनेको बताएका छन्। 

‘२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा हाम्रै पहल र संशोधनमा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छ भन्ने व्यवस्था छ र उक्त कानुन २०७५ असोज २ गतेदेखि लागू भइसकेको छ,’ उनले भनेका छन्, ‘यो कानुन कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन। कानुनको यो व्यवस्थाको सम्बन्धमा सम्मानीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ।’ 

थापाले पूर्वप्रधानमन्त्री खनालको उपचारको सन्दर्भमा सबैले शीघ्र  स्वास्थ्य लाभको कामना गरिरहेको उल्लेख गरेका छन्। नेपालको लोकतान्त्रिक आन्दोलनमा अभूतपूर्व योगदान पुर्‍याएका खनालले पछिल्लो पटक निजी नाफा घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई उभ्याएको बताउँदै थापाले त्यसले उनको कद अझ बढेको बताएका छन्।

खनालसमेतको अडान र नेतृत्वदायी भूमिकाका कारणले जोगिएको संसदमा सँगै काम गर्न हामी प्रतीक्षारत रहेको बताउँदै थापाले चाहना छिटै पुरा हुने विश्वास व्यक्त गरेका छन्।

‘उहाँको उपचारको लागि परिवार, स्वजन, पार्टी पङ्क्ति लागिरहेकै छ। उहाँलाई उपचार खर्च जुटाउनु पर्ने अवस्था नै आएमा त्यसको लागि देश विदेशमा रहेका हामी सबै नेपाली हरदम तयार छौं र रहन्छौं नै,’ थापाले भनेका छन्, ‘यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइ उहाँको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ।’

प्रकाशित: Jul 21, 2021| 07:03 बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।