काठमाडौं– सरकारले प्रतिबन्ध लगाएका क्याफिनयुक्त पेय पदार्थ रेड बुल आयात गरी बिक्री गरेकोे आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेकोे छ।
महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौंका विभिन्न स्थानमा छापा मार्दा प्रतिबन्धित पेय पदार्थ बिक्री गरिरहेको पाएपछि उनीहरुलाई पक्राउ गरेको हो।
कमठमाडौंको न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन र गोठाटार लगायतका स्थानबाट २०० कार्टुन रेडबुलसहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा काठमाडौं बबरमहल बस्ने प्रणव स्टोर न्युरोडका सञ्चालक ४४ वर्षिय रबिनराज श्रेष्ठ, बाँके कोहलपुरका ३६ वर्षिय राजु पौडेल, ओखलढुङ्गाका शक्तिमाता स्टोेर कपनका सञ्चालक ३१ वर्षिय धनबहादुर श्रैष्ठ र सर्लाहीका शक्तिमाता स्टोेर कपनका सञ्चालक ३१ वर्षिय धनबहादुर श्रेष्ठ र सर्लाहीका ३६ वर्षिय बिरेन्द्र चौधरी रहेका छन्।
सरकारले २०७६ असारदेखि नेपालमा क्याफिनयुक्त पेय पदार्थ बिक्रीवितराण्मा रोक लगाएको छ।