शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नयाँ मन्त्रीको टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै 

नयाँ मन्त्रीको टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै 

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ।
 |  बुधबार, साउन ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन ६, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। सरकारमा क-कसलाई मन्त्री बनाएर पठाउने भन्ने विषयमा टुंगो लगाउन स्थायी कमिटी बैठक बोलाइएको स्थायी कमिटी सदस्य गणेश शाहले बताए।

बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बोलाइएको छ। बैठकमा पार्टीको आन्तरिक जीवन र सरकारमा जाने मन्त्रीहरुको बारेमा छलफल हुने शाहले बताए ।

माओवादी केन्द्रको भागमा ६ वटा मन्त्रालय पर्नेछन्। यसअघि माओवादीबाट अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसालले जिम्मेवारी सम्हालिसकेका  छन्। अन्य को-को सरकारमा जाने भन्नेबारे टुंगो लागिसकेको छैन।

प्रकाशित: Jul 21, 2021| 03:00 बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।