फुटबल विश्वमा हेरिनेमध्येको एक प्रतियोगिता अफ्रिका कप अफ नेसन्स पनि हो। त्यहाँ खेल्ने धेरै खेलाडी युरोपियन क्लबमा खेल्ने भएकाले अन्तर्राष्ट्रिय मिडियाले पनि अफ्रिका अप अफ नेसन्समा ध्यान दिइरहेका हुन्छन्।
हत्यामा संलग्न भई नौ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने बेथानचोक गाउँपालिका-४ का ३३ वर्षीय निलबहादुर तामाङ रहेका छन्।
शुक्रबार बिहान साढे सात बजेको समयमा घर नजिकैको जङ्गलमा स्याउला काट्न रुख चढेको बेला एक्कासी रुख ढल्दा यादव च्यापिएर मृत्यु भएको परिवारले जानकारी दिएको छ।
विभिन्न उद्देश्यले भिजिट भिसामा खाडी र मलेसिया पुगेका नेपाली बिचल्लीमा पर्ने गरेको भन्दै गृह मन्त्रालयले त्यस्ता मुलुकमा भिजिट भिसामा जान रोक लगाएको हो।
कीर्तिपुर नगरपालिका ६ चोभार, सोही नगरपालिका ९ नगाउँ र सोही नगरपालिका १० बागभैरबस्थित विभिन्न घरहरुमा अनलाइन मार्फत जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १२ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।