आइतबार, साउन ३१, २०८३

राँगाले हान्दा एक पुरुषको मृत्यु

कैलालीमा राँगाले हान्दा एक पुरुषको मृत्यु भएको छ।
 |  शनिबार, माघ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ ८, २०७८

धनगढी- कैलालीमा राँगाले हान्दा एक पुरुषको मृत्यु भएको छ। बाँकेको खजुरा गाउँपालिका-७ का ३५ वर्षीय अब्बार तेलीको राँगाले हान्दा ज्यान गएको हो।

टीकापुर नगरपालिका-१ स्थित पशु हाटबजरको भैँसी फार्ममा काम गर्दै आएका उनको राँगाले हानेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

शुक्रबार राति घाँस हाल्न गएका उनी राँगाले हानेर गम्भीर घाइते भएका थिए। उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा तेलीको राति नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

प्रकाशित: Jan 22, 2022| 09:37 शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।