बिहीबार, भदौ १२, २०८२

भरतपुर अस्पतालमा कुरुवालाई पास अनिवार्य

कोरोना सङ्क्रमण बढेसँगै भरतपुर अस्पतालमा बिरामीका कुरुवालाई पास अनिवार्य गरिएको छ। एक बिरामीसँग एक जना मात्रै हुने गरी पास अनिवार्य गरिएको हो।
 |  शनिबार, माघ ८, २०७८
nespernesper

रासस

रासस

शनिबार, माघ ८, २०७८

vianetvianet

भक्तपुर- कोरोना सङ्क्रमण बढेसँगै भरतपुर अस्पतालमा बिरामीका कुरुवालाई पास अनिवार्य गरिएको छ। एक बिरामीसँग एक जना मात्रै हुने गरी पास अनिवार्य गरिएको हो। 

Kumaribank

अस्पतालले यसअघि पनि पासको व्यवस्था गरेको भए पनि कार्यान्वयनमा आउन सकेको थिएन। एक बिरामीका लागि धेरै कुरुवा र भेट्ने मानिसको भिड लाग्ने भएपछि सङ्क्रमण फैलिनसक्ने भन्दै पासलाई कडाइ गरिएको हो। 

अस्पताल प्रशासनले शुक्रबार सूचना जारी गर्दै एक बिरामीका लागि एक मात्रै कुरुवा राख्नुपर्ने साविकको नियमलाई पालना गर्नका लागि पासको व्यवस्था गरिएको जनाएको छ। बिना पासका व्यक्तिलाई अस्पतालको अन्तरङ्ग विभागमा प्रवेश गर्न रोक लगाईएको छ। 

यस्तै बिरामीका कुरुवाले पनि जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न अस्पतालले आग्रह गरेको छ। अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिडबाट सङ्क्रमित भइरहेको जनाउँदै अस्पताल प्रशासनले अस्पतालको सेवा प्रवाहमा समेत कठिनाइ भएको जनाएको छ। पछि उपचार गरेर हुने बिरामीलाई उपचार समय पछाडि सार्नसमेत आग्रह गरिएको छ।

प्रकाशित: Jan 22, 2022| 09:42 शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।