आइतबार, साउन ३१, २०८३

एकैदिन पाँच जना मृत फेला

शुक्रबार देशका विभिन्न स्थानमा ५ जना मृत फेल परेका छन्। काठमाडौं, कञ्चनपुर र कास्कीमा उनीहरु मृत फेला परेका हुन्।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

काठमाडौं- शुक्रबार देशका विभिन्न स्थानमा ५ जना मृत फेल परेका छन्। काठमाडौं, कञ्चनपुर र कास्कीमा उनीहरु मृत फेला परेका हुन्।

काठमाडौं बूढानीलकण्ठ नगरपालिका २ भंगाल डेरा गरी बस्ने महोत्तरी बर्दिवास घर भएकी ४५ वर्षीया सविता थापा शुक्रबार मृत अवस्थामा फेला परेकी छन्। यसैगरी काठमाडौं महानगरपालिका १९ ढोकाटोलस्थित सडक पेटीमा नाम थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष र काठमाडौं महानगरपालिका १९ इनाटोलस्थित सडक पेटीमा नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

उता कञ्चनपुरको बेलडाँडी गाउँपालिका ३ वैवाह बस्ने ५४ वर्षीय हिरालाल डगौरा सोही गाउँपालिका ४ वैवाहस्थित महाकाली सिँचाइको शाखा नहरमा मृत अवस्थामा फेला परेका छन्।

त्यसैगरी कास्कीको पोखरा महानगरपालिका ११ फूलवारी डेरा गरी बस्ने पर्वत कुस्मा नगरपालिका १४ आर्थर डाँडाखर्क घर भएका ३६ वर्षीय चन्दन गुरुङ आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन्। सबै घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित: Jan 21, 2022| 16:24 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।