आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपत्यकामा जोरबिजोर प्राणाली लागू, आज जोर सवारी चलाउन पाइने

उपत्यकामा जोरबिजोर प्राणाली लागू, आज जोर सवारी चलाउन पाइने

काठमाडौं उपत्यकामा शनिबारबाट निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू भएको छ।
 |  शनिबार, माघ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ ८, २०७८

काठमाडौं- काठमाडौं उपत्यकामा शनिबारबाट निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू भएको छ। 

जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर प्लेटका सवारी सञ्चालन गर्न पाउने गरी गएरातिदेखि यो निगम लागू भएको हो।जसअनुसार आज जोर नम्बर प्लेटका सवारीसाधन चलाउन पाइने छ।

जोरबिजोर लागू भए पनि अत्यावश्यक सवारीसाधन  भने सञ्चालन गर्न पाइने छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार स्वास्थ्य सामग्री बोकेका गाडी, एम्बुलेन्स, दमकल, शववाहन, ग्यास–पेट्रोलका गाडी, खाद्यान्न दुग्धजन्य, फलफूल, पानीलगायत कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारीसाधनहरू, निर्माण सामग्री बोक्ने सवारीसाधनलाई सञ्चालन गर्न दिइने छ।

त्यस्तै परिचयपत्रको आधारमा सरकारी कर्मचारी, चिकित्सवक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सार्वजनिक संस्थाका कर्मचारीले प्रयोग गर्ने सवारीसाधन, बैंक तथा बित्तीय संस्था, दूरसञ्चार सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारीसाधनलाई पनि सञ्चालन गर्न दिइने छ।

पत्रकारहरूको हकमा सूचना विभागबाट जारी प्रेस पास वा पत्रकार परिचयपत्रका आधारमा सवारीसाधन सञ्चालन गर्न दिइने छ।

प्रकाशित: Jan 22, 2022| 07:05 शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।