आइतबार, साउन ३१, २०८३

भिजिबिलिटी कम हुँदा आन्तरिक उडान प्रभावित

मनसुनी बद्लीका कारण भिजिबिलिटी कम हुँदा शनिबार बिहान आन्तरिक उडान प्रभावित भएका छन्।
 |  शनिबार, माघ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ ८, २०७८

काठमाडौं- मनसुनी बद्लीका कारण भिजिबिलिटी कम हुँदा शनिबार बिहान आन्तरिक उडान प्रभावित भएका छन्। भिजिबिलिटीका कारण बिहान सबै आन्तरिक उडान प्रभावित भएको विमानस्थल प्रशासनले जनाएको छ।

नेपालमा थप न्यूनचापीय प्रणाली प्रवेश गर्ने क्रममा रहेकाले सक्रिय बनेको मनसुनले भिजिविलिटी कम हुँदा उडान प्रभावित बनेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाइँले बताए।

धनगढी र नेपालगञ्ज विमानस्थल खुले पनि पूर्वका विमानस्थलमा उडान भर्न समस्या भइरहेको गुरागाइँले बताए।

सक्रिय न्यूनचापीय प्रणालीका कारण हवाइ क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायतका दैनिक जीवनमा असर पर्ने भएकाले सचेत रहन आग्रह गरिएको छ। 

प्रकाशित: Jan 22, 2022| 09:15 शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।