उनीहरुको न कोरोना परीक्षण भएको छ, न उनीहरु स्वयंले स्वास्थ्य मापदण्ड पालना गर्ने गरेका छन्। कोरोना सङ्क्रमण रोकथामका लागि स्थानीय प्रशासनले जारी गरेको आदेश पनि कार्यान्वयन भएको पाइँदैन।
लम्ची नगरपालिका–३ हैबुङमा ढुंगाले थिचेर एक जनाको मृत्यु भएको छ। बर्दिया घर भएका अन्दाजी ४० वर्षीय शेरबहादुर श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।
पश्चिमी वायुको प्रभावले देशका अधिकांश भेगमा बदली हुनाका साथै कतिपय प्रदेशमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।