सोमबार, भदौ १, २०८३

तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना

तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाका विभिन्न कार्यालयमा कार्यरत उनीहरूलाई कोरोना पुष्टि भएको हो।
 |  आइतबार, माघ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ ९, २०७८

दमौली- तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाका विभिन्न कार्यालयमा कार्यरत उनीहरूलाई  कोरोना पुष्टि भएको हो। 

भिमाद नगरपालिका–६ स्थित भिमाद प्राथमिक स्वास्थ्य चौकीका १७ जनालाई  सङ्क्रमण पुष्टि भएको छ। तीन चिकित्सक सहित अधिकांशलाई कोरोना पुष्टि भएपछि स्वास्थ्य चौकीको सेवा बन्द गरिएको केन्द्रका निमित्त प्रमुख चिकित्सक सागर घिमिरेले जानकारी दिए। स्वास्थ्य शाखाले एक जनालाई काजमा खटाएर स्वास्थ्य चौकीबाट एन्टिजेन परीक्षण नियमित भइरहेको छ। यस्तै सुत्केरी सेवा पनि नियमित सञ्चालन गरिएको छ। 

नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत चार मध्ये तीन जनालाई पनि कोरोना पुष्टि भएको छ। संक्रमण पुष्टि भएकालाई ज्वरो आउने, टाउको भारी हुने, खोकी लाग्ने, जीउ दुख्ने, नाकबाट लगातार सिँगान बगिरहने र घाँटी खसखस हुने जस्ता लक्षण देखिएका छन्। शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा कार्यरत १४  कर्मचारीलाई पनि कोरोना पुष्टि भएको छ।  

संक्रमण बढ्दै गएपछि नगरपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ। शुक्रबारदेखि अर्को निर्णय नभएसम्मका लागि सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत लिलावल्लभ न्यौपानेले जानकारी  दिए। 

शुक्लागण्डकी–४ दुलेगौडा बजारमा रहेको खैरेनीटार स्वास्थ्यचौकीमा कार्यरत छ जना स्वास्थ्यकर्मी पनि कोरोना संक्रमित भएका छन्। सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने भएकाले कर्मचारी र स्वास्थ्यकर्मी बढी संक्रमित भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए। 

समुदायस्तरमै कोरोना फैलिरहेको उनको अनुमान छ। 'अझै पनि स्वास्थ्यको मापदण्ड पालना गरिएको छैन, बजारमा मास्क नलगाइकन हिँडडुल गरेको देखिन्छ,' उनले भने, 'सबै एकजुट नहुने हो भने कोरोना नियन्त्रणमा कठिनाई हुन्छ।'

आँबुखैरेनी गाउँपालिकाका १४ कर्मचारी र स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएको छ। कर्मचारी र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ। 

समुदायस्तरमा परीक्षणको दायरा बढाउने हो भने अधिक संक्रमित भेटिने स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार जिल्लामा ४२  स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको छ।  हाल जिल्लामा तीन सय ८९  सक्रिय संक्रमित छन्। गत वैशाखयता जिल्लामा पाँच हजार ७१२ जनालाई कोरोना पुष्टि भएको छ। पाँच हजार २५१ निको भए। वैशाखयता मात्रै एक ३० जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित: Jan 23, 2022| 06:39 आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।