काठमाडौं- शुक्रबार रातिदेखि शनिबार दिउँसोसम्म विभिन्न स्थानमा सात जना मृत फेला परेका छन्। नेपाल प्रहरीको दैनिक समाचार बुलेटिन अनुसार विभिन्न जिल्लामा शुक्रबार र शनिबार सात जना मृत फेला परेको छन्। प्रहरी बुलेटिन अनुसार काठमाडौंमा नै तीन जना मृत फेला परेका हुन्।
काठमाडौं महानगरपालिका - ६ बौद्धस्थित टहरामा थान्का पसल राखी बस्ने सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका-२ घर भएका ६८ वर्षीय जित बहादुर दमाई पसलभित्रै शनिबार मृत अवस्थामा फेला परेका छन्।
काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ ढुंगेअड्डास्थित भित्रिसडकको नालीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष र काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित पुलमुनि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्।
चितवन, भरतपुर महानगरपालिका-९ स्थित टिकौली जङगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका-३ याङसोला बस्ने ५४ वर्षीय किन्दार मान राई सोही ठाउँस्थित बारीको ढुंगाको चेपमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
झापा, बिर्तामोड नगरपालिका-५ धिमाल चोक बस्ने पाँचथर याङबरक गाउँपालिका-५ घर भएका २९ वर्षीय सन्तोष थेवे आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन्।
नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका-९ पिपरहियास्थित बाटो छेउको नालीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।