सिन्धुपाल्चोक- मेलम्ची नगरपालिका–३ हैबुङमा ढुंगाले थिचेर एक जनाको मृत्यु भएको छ। बर्दिया घर भएका अन्दाजी ४० वर्षीय शेरबहादुर श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।
शनिबार दिउँसो ३ बजे हैबुङ पाटीभञ्याङ सडक स्तरोन्नति गर्ने क्रममा माथिबाट आएको ढुंगाले थिचेर स्काभेटर चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।