काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत् ५३ जना प्रहरीलाई कोरोना संक्रमण भएको छ।
परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विभिन्न चरणमा गरिएको पिसिआर परीक्षणमा हालसम्म ५३ जनालाई संक्रमण पुष्टि भएको बताएका छन्।
संक्रमितमध्ये १२ जना नेपाल प्रहरी अस्पतालमा उपचाररत् छन्। होम आइसोलेसनमा ३४ जना, कार्यालयको आइसोलेसनमा ६ जना र कीर्तिपुर आइसोलेसनमा १ जना रहेको उनले बताए।
यस्तै २० जना थुनुवालाई कोरोना संक्रमण भएकोमा पाँच जना उपचारपछि फर्किएका छन् भने १५ जनाको उपचार भइरहेका छन्।