आइतबार, साउन ३१, २०८३

आइतबार देशभरका अदालत बन्द हुने

भोलि आइतबार देशभरका अदालत बन्द हुने भएका छन्।
 |  शनिबार, माघ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ ८, २०७८

काठमाडौं- भोलि आइतबार देशभरका अदालत बन्द हुने भएका छन्। सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको शोकमा एक दिन अदालत बन्द हुने भएका हुन्।

शनिबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणहरू बन्द गर्ने निर्णय गरेको हो।

पूर्वप्रधानन्यायाधीश शर्माको माघ ५ गते बुधबार निधन भएको थियो। शर्मा २०५४ चैत ३० गते प्रधानन्यायाधीशमा नियुक्त भई २०५६ मंसिर ३० सम्म काम गरेका थिए।

प्रकाशित: Jan 22, 2022| 13:56 शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।