आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वदलीय बैठक बोलाइएको छैन : सरकारका प्रवक्ता कार्की

सर्वदलीय बैठक बोलाइएको छैन : सरकारका प्रवक्ता कार्की

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सर्वदलीय बैठक नबोलाइएको बताएका छन्।
 |  शनिबार, माघ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ ८, २०७८

काठमाडौं- सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सर्वदलीय बैठक नबोलाइएको बताएका छन्। 

प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहानका लागि सर्वदलीय बैठक बोलाएको समाचार आइरहेका बेला मन्त्री कार्कीले सर्वदलीय बैठक नबोलाइएको बताएका हुन्।

'सर्वदलीय बैठकको कुरै भएको छैन। त्यो समाचारका बारेमा म अचम्मित छु। हिजो मैले प्रेस व्रिफिङमा भने जति कुरा मात्रै हो,' उनले भने।

शुक्रबार साँझ प्रधानमन्त्रीको सचिवालयले भने आज बिहान ९:३० बजेलाई सर्वदलीय बैठक बोलाइएको जानकारी दिएको थियो। यसैबीच, नेकपा एमालेले पनि प्रधानमन्त्रीको सचिवालयले बैठकबारे कुनै जानकारी नआएको बताएको थियो। 

प्रकाशित: Jan 22, 2022| 11:05 शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।