आइतबार, साउन ३१, २०८३

खोपमा पक्षपातरहित पहुँच बढाउनुपर्नेमा नेपालको जोड

नेपालले कोभिड–१९ को विश्वव्यापी महामारीबाट उत्थानशील पुनर्लाभ पाउन खोपमा पक्षपातरहित पहुँच बढाउनुपर्नेमा जोड दिएको छ।
 |  शनिबार, माघ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ ८, २०७८

काठमाडौं- नेपालले कोभिड–१९ को विश्वव्यापी महामारीबाट उत्थानशील पुनर्लाभ पाउन खोपमा पक्षपातरहित पहुँच बढाउनुपर्नेमा जोड दिएको छ।

‘संयुक्त राष्ट्रसंघका महासचिवका सन् २०२२ का प्राथमिकताहरू’ विषयमा राष्ट्रसंघीय महासभाको शुक्रबारको अनौपचारिक बैठकमा नेपालले महामारी पूर्वको अवस्थामा विश्वलाई फर्काउन खोपमा न्यायपूर्ण पहुँच सुनिश्चित गर्न अपरिहार्य भएको बताएको हो। 

बैठकमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले विश्वव्यापी महामारीबाट उत्थानशील पुनर्लाभका लागि खोप महत्वपूर्ण रहेको उल्लेख गर्दै संसार धनमा गरिब नभएर नैतिक शक्ति बाँडफाँटको न्यायमा गरिब रहेको बताए। 

सामाजिक सञ्जालमा राजदूत राईले लेख्नुभएको छ-  विश्वव्यापी महामारीबाट उत्थानशील पुनर्लाभ हासिल गर्न खोपमा न्यायपूर्ण पहुँच महत्वपूर्ण छ, संसार धनमा गरिब छैन तर नैतिक बल बाँडफाँटको न्यायमा गरिब छ।

प्रकाशित: Jan 22, 2022| 19:46 शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।