आइतबार, साउन ३१, २०८३

गुल्मीमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा थप ६ जना घाइते भएका छन्।
 |  शनिबार, माघ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ ८, २०७८

गुल्मी- गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा थप ६ जना घाइते भएका छन्।

शुक्रबार बेलुकी जिल्लाको मुसिकोट नगरपालिका-९ उर्लेनिबाट छिमेकी जिल्ला बाग्लुङको काडेबासतर्फ जाँदै गरेको लु१च ७२९८ नम्बरको जिप मुसिकोटको ददल्कामा दुर्घटना परेको हो।

दुर्घटनामा परी घाइते भएका मुसिकोट नगरपालिका-९ का ५५ वर्षीय कालु भनिने तीर्थ विकको वामिटक्सारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

दुर्घटनामा घाइतेमध्ये चालकसहित चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते हुनेमा सवारी चालक २७ वर्षीय शंकर परियार, सोही ५८ वर्षीय रिखे विक, २० वर्षीया सविना विक र वर्ष ५४ का सन्तवीर विक रहेका छन्।

थप उपचारका लागि उनीहरूलाई पाल्पा पठाइएको प्रहरीले जनाएको छ। घाइते २० वर्षीय प्रकाश विक र २६ वर्षीया रमिला विकको स्थानीय मेडिकलमा उपचार भइरेहेको छ।

प्रकाशित: Jan 22, 2022| 06:52 शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।