आइतबार, साउन ३१, २०८३

अनलाइनमार्फत जुवा खेलाउने १२ जना पक्राउ

कीर्तिपुर नगरपालिका ६ चोभार, सोही नगरपालिका ९ नगाउँ र सोही नगरपालिका १० बागभैरबस्थित विभिन्न घरहरुमा अनलाइन मार्फत जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १२ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

काठमाडौं- कीर्तिपुर नगरपालिका ६ चोभार, सोही नगरपालिका ९ नगाउँ र सोही नगरपालिका १० बागभैरबस्थित विभिन्न घरहरुमा अनलाइन मार्फत जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १२ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा कीर्तिपुर नगरपालिका ६ चोभार बस्ने ३३ वर्षीय सुजेन्द्र थापा, १७ वर्षीय २ जना किशोर, २७ वर्षीया कबिता थापा, ३० वर्षीय रबिन खड्का, सोही नगरपालिका १० कीर्तिपुर बस्ने ४५ वर्षीय बुद्ध महर्जन,  सोही नगरपालिका(८ पाँगा बस्ने २० वर्षीया रोजा महर्जन, सोही ठाउँ बस्ने १९ वर्षीय साहिल महर्जन, सोही नगरपालिका १० बस्ने १९ वर्षीया हनिशा महर्जन, सोही नगरपालिका ९ नगाउँ बस्ने ३५ वर्षीय प्रदिपमान सिंह बस्नेत, काठमाडौं कीर्तिपुर बस्ने बझाङ केदारसिउ गाउँपालिका ५ घर भएका १९ वर्षीय बिनोद ठगुन्ना र काठमाडौं कीर्तिपुर बस्ने सिन्धुपालचोक मेलम्ची नगरपालिका १३ घर भएकी १७ वर्षीया किशोरी रहेका छन्।  

काठमाडौं कीर्तिपुर नगरपालिकाको बिभिन्न स्थानमा सम्पत्ति हारजित हुने गरी अनलाइन जुवा खेलाउँदै गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले विभिन्न घर तलासी गर्दा अनलाइन जुवा खेलाइरहेको अवस्थामा उक्त जुवा खेलाउन प्रयोग हुने १४ थान ल्यापटप, १७ थान मोबाइल, कम्प्युटर मोनिटर २ थान, राउटर ३ थान, गेमिङ बिबरण लेखिएका रजिस्टरहरु र २ थान वोर्ड लगायतका उपकरणहरु सहित उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये  सुजेन्द्र थापा, प्रदिपमान सिंह बस्नेत र बुद्द महर्जनले अनलाईन जुवा खेलाउनका लागि २४ सै घण्टा सिफ्टवाईज रुपमा अनलाईन मार्फत जुवा खेलाउनका लागि कर्मचारीहरु समेत राखी त्यसरी खटिएका कर्मचारीहरुले फेसबुक आइडीमार्फत अमेरिकी तथा युरोपियन नागरिकहरुलाई साथी बनाई जुवा, फायर कायरिङ, रिभर सुइप्स, रिभर मन्सटर, भेगास एक्स लगायतका अनलाईन जुवा खेल्न लिङ्क शेयर गरी उक्त गेममा अमेरिकी डलर लोड गर्न लगाई गेम खेलाउने तथा जित्ने पक्षलाई तोकिएको धनराशी समेत पुरस्कारको रुपमा दिने तथा करिब १० महिना अगाडिदेखि महिनाको करिब १ लाख अमेरिकी डलर भन्दा बढी रकम हारजित हुने गरी अनलाईन जुवा खेलाउने गरेको बुझिएकोउक्त महाशाखाले जनाएको छ।  

उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ।

प्रकाशित: Jan 21, 2022| 15:22 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।