राजविराज- जिल्ला प्रहरी कार्यालय सप्तरीले स्रोत नखुलेको नौ लाख ९० हजारसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ बस्ने २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका-१२ बस्ने २४ वर्षीय दिलिपकुमार मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।
राजविराज नगरपालिका-५ मा प्रदेश नम्बर २-०१-००३ प ३४७८ नम्बरको मोटरसाइकल जाँच गर्दा रकमसहित चौधरी र मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दुवै जनालाई उक्त रकम र मोटरसाइकलसहित आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय सुनसरी पठाइएको काफ्लेले जानकारी दिए।