काठमाडौं- काठमाडौंका विभिन्न क्षेत्रमा शुक्रबार तीन व्यक्ति मृत फेला परेका छन्। बुढानीलकण्ठ नगरपालिका-२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ।
यस्तै काठमाडौं महानगरपालिका–१९ ढोकाटोलस्थित सडकपेटीमा एक पुरुषको शव फेला परेको छ। पहिचान नखुलेका अर्का करिब ४५ वर्षीय पुरुषको शव काठमाडौं-१९ मा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
तीन वटै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।