आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्सामा कोरोना संक्रमणको तेस्रो लहरमा पहिलो व्यक्तिको मृत्यु

पर्सामा कोरोना संक्रमणको तेस्रो लहरमा पहिलो व्यक्तिको मृत्यु

पछिल्लो पटक पर्सामा देखिएको कोरोना संक्रमणको तेस्रो लहरअन्तर्गत एक जना कोभिड संक्रमितको मृत्यु भएको छ।
 |  शनिबार, माघ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ ८, २०७८

काठमाडौं- पछिल्लो पटक पर्सामा देखिएको कोरोना संक्रमणको तेस्रो लहरअन्तर्गत एक जना कोभिड संक्रमितको मृत्यु भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा सङ्क्रमित पुरुषको मृत्यु भएको हो। मृत्यु हुनेमा बाराको महागढीमाई नगरपालिका-६ निवासी ५० वर्षीय पुरुष रहेको अस्पताल स्रोतले जनाएको छ। 

कोरोना संक्रमणको तेस्रो लहरमा पर्साको यो नै पहिलो मृत्युको घटना हो। संक्रमित पुरुष वीरगञ्जकै एक निजी अस्पतालमा उपचारका लागि पुगेका थिए। संक्रमणको लक्षण देखा परेपछि यही माघ ६ गते गरिएको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ देखिएको थियो।

कोरोना संक्रमण पुष्टि भएपछि निजी अस्पतालले उपचारका लागि सङ्क्रमितलाई नारायणी अस्पतालमा रेफर गरेको थियो। मधुमेह, कोभिड र निमोनियासहित अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको र उनले कोरोनाको खोप पनि नलगाएको पाइएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए।

प्रकाशित: Jan 22, 2022| 08:37 शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।