रुपन्देहीमा यही चैत २२ गतेदेखि २७ गतेसम्म टाइफाइड रोगविरुद्ध खोप अभियान सञ्चालन गरिने भएको छ। १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई सो अभियान अन्तर्गत खोप लगाइने छ।
कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा मृत्यु भएका बिरामीको शव आफन्तले बुझेका छन्। अस्पताल, प्रहरी प्रशासन र स्थानीय तथा आफन्तबीचको सहमतिपछि आफन्तले शव बुझेका हुन्।
‘विपद्सँग सामना गर्न जनशक्ति परिचालन, उपकरणको उपलब्धता र पूर्व तयारी आवश्यक हुन्छ,’ उनले भने, ‘त्यसका लागि तीन तहका सरकार बीचको समन्वय र सहकार्य नितान्त जरुरी छ।’
शनिबार बिहानैबाट यहाँको अवस्था तनाबग्रस्त बनेको छ। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ का बिरामी बिनोदकुमार बोहराको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।