महोत्तरी- जिल्लाको जलेश्वर नगरपालिका-४ सुगागाउँमा ट्र्याक्टरले ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ।
ज्यान गुमाउनेमा स्थानीय ४० वर्षीया देवकली देवी रहेकी छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार उनको घटनास्थलमै ज्यान गएको हो।
स्थानीय २७ वर्षीय इजमामुल मन्सुरले गाउँको भित्री सडकखण्डमा चलाउँदै गएको ज१त ९९४८ नम्बरको ट्र्याक्टरले शनिबार साँझ सडकमै हिँडिरहेकी देवकलीलाई ठक्कर दिएको थियो।
ठक्कर दिने ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।