जुम्ला- सिँजा गाउँपालिका-३ मा गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको ज्यान गएको छ।
सिँजाबाट जुम्ला बजारतर्फ आउँदै गरेको भे२त १०४४ नम्बरको ट्याक्टरबाट खसेर जुम्लाको चन्दननाथ नगरपालिका-७ का २२ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको हो।
उनको उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गएराति ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्याक्टरसहित चालकलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले नियन्त्रणमा लिएको छ।