बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बजार अनुगमन गरेर प्रतिवेदन पठाउन सबै सिडिओलाई गृहको निर्देशन

बजार अनुगमन गरेर प्रतिवेदन पठाउन सबै सिडिओलाई गृहको निर्देशन

कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणले अत्यावश्यक वस्तुमा मूल्यवृद्धि नगर्न र बिक्री वितरण प्रभावकारी बनाउन अनुगमन गर्न निर्देशन दिएका छन्।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

काठमाडौं- कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणले अत्यावश्यक वस्तुमा मूल्यवृद्धि नगर्न र बिक्री वितरण प्रभावकारी बनाउन अनुगमन गर्न निर्देशन दिएका छन्। खाणले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर जारी गर्दै बजार अनुगमन गर्न निर्देशन दिएका हुन्।

अत्यावश्यक वस्तुमा मूल्यवृद्धि नगर्न, बिक्री वितरण नरोक्न र पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन उनले निर्देशन दिएका छन्।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले गृहमन्त्री खाणलाई उदृत गर्दै व्यवसायीका समस्या भएमा सरकार संवादमार्फत समाधान गर्न तयार रहेको बताएका छन्। तर, समस्या देखाएर अभाव सृजना गरिएमा कानुन अनुरूप कारबाहीका लागि अगाडि बढ्न सरकार प्रतिवद्ध रहेको उनले बताए।

कार्यवाहक प्रधानमन्त्री खाणले गृहलगायत सरोकारवाला मन्त्रालयका सचिवलाई निर्देशन दिएको र त्यसै अनुरूप गृहले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर पठाउँदै प्रतिवेदन पठाउन निर्देशन दिएको प्रवक्ता पोखरेलले बताए।

दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि भएको गुनासो बढेपछि गृह मन्त्रालयले आइतवारबाटै ७७ जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमन समितिमार्फत अनुगमन गरी प्रतिवेदन पठाउन निर्देशन दिएको थियो। 

प्रकाशित: Apr 03, 2022| 12:44 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।