आइतबार, असार ७, २०८३

मोरङमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई घाइते

तीन जना सवार मोटरसाइकल मोरङको बूढीगंगा गाउँपालिका-२ टंकीसिनवारीमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

मोरङ- तीन जना सवार मोटरसाइकल मोरङको बूढीगंगा गाउँपालिका-२ टंकीसिनवारीमा दुर्घटना हुँदा एक जनाको ज्यान  गएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्। 

National life

कोसी लोकमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को१७प ७६७२ नम्बरको मोटरसाइकल आइतबार राति ९:२० बजेतिर दुर्घटनामा परेको हो। 

मोरङ प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका-१२ खनारका २२ वर्षीय अनिष कार्कीको ज्यान गएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा राति ९:४५ बजे मृत्यु भएको हो। कार्कीको चिउँडो, अनुहार तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो। 

दुर्घटनामा मोटरसाइकलमा सवार मोरङको जहदा गाउँपालिकाका २१ वर्षीय सुमन राजवंशी र विराटनगर महानगरपालिकाका १८ वर्षीय रोनिस दाहाल सामान्य घाइते भएका छन्। उनीहरूको विराटमै उपचार भइरहेको छ। 

Shivam cement

प्रकाशित: Apr 04, 2022| 08:40 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।