बिहीबार, साउन २८, २०८३

छुट्टाछुट्टै स्थानमा पाँच जना मृत फेला

देशका विभिन्न स्थानमा पाँच जना मृत फेला परेका छन्। ललितपुर गोदावरी नगरपालिका-९ छेडा बस्ने ५६ वर्षीया मिना कार्की आफ्नै घर नजिक कुखुरा पाल्ने टहरो पछाडि गएराति मृत फेला परेकी हुन्।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

काठमाडौं- देशका विभिन्न स्थानमा पाँच जना मृत फेला परेका छन्।

ललितपुर गोदावरी नगरपालिका-९ छेडा बस्ने ५६ वर्षीया मिना कार्की आफ्नै घर नजिक कुखुरा पाल्ने टहरो पछाडि गएराति मृत फेला परेकी हुन्। 

ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका-७ बस्ने ५८ वर्षीया गोमा माया परियार सोही ठाउँस्थित लिखु नदीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन्। 

बारबर्दिया नगरपालिका-१० दथैया बस्ने केशब सिंह ठकुरीका १५ वर्षीय छोरा बिजयसिंह ठकुरी सोही ठाउँस्थित जुरपानी नालामा शुक्रबार मृत फेला परेका छन्। 

सप्तरी तिलाठी कोइलाडी गाउँपालिका-३ सखरपुरा बस्ने लालु मुखियाको छोरा पाँच वर्षीय निरज कुमार मुखिया सोही ठाउँस्थित डिहबार थान पोखरीमा शुक्रबार मृत फेला परेका छन्। 

काभ्रेपलाञ्चोक पाचँखाल नगरपालिका-१३ शेराबेसीस्थित सुनकोशी नदीको बगरमा पहिचान नखुलेका करिव ३० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

प्रकाशित: Apr 03, 2022| 12:12 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।