बिहीबार, साउन २८, २०८३

बिहानैदेखि काठमाडौंका पेट्रोलपम्पमा सवारीको लाम

काठमाडौंका पेट्रोलपम्पमा सोमबार बिहानैदेखि लामो लाइन देखिएको छ।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

काठमाडौं- काठमाडौंका पेट्रोलपम्पमा सोमबार बिहानैदेखि लामो लाइन देखिएको छ।

नेपाल आयल निगमसँग विभिन्न माग राख्दै व्यवसायीहरूले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएपछि केही दिन प्रभावित भएको ढुवानीका कारण त्रसित बनेका सवारी चालक पप्प खुलेसँगै बिहानैदेखि लाममा छन्। तर, सरकारसँगको वार्तापछि ढुवानी व्यवसायीहरूले आफ्नो कामलाई निरन्तरता भने दिइसकेका छन्।

पेट्रोल अभाव हुन्छकी भन्ने त्रासले मोटरसाइकल तथा साना सवारी चालक पेट्रोल पम्पमा लाइन लागेका छन्। केही दिनदेखि पेट्रोल पम्प बन्द हुँदा पम्पहरू खुलेसँगै सवारीको चाप बढेको हो।

इन्डियन आयल कर्पोरेसनले शुक्रबार नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य घटे पनि एलपी ग्यास, डिजेल, मट्टितेललगायतको मूल्य बढेको छ।

प्रकाशित: Apr 04, 2022| 06:35 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।