आइतबार, असार ७, २०८३

डोटीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, सात घाइते

डोटीको पूर्वीचौकी गाँउपालिका-१ स्थित दौडिकोटमा आइतबार बेलुकी जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

काठमाडौं- डोटीको पूर्वीचौकी गाँउपालिका-१ स्थित दौडिकोटमा आइतबार बेलुकी जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। प्रहरीीका अनुसार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

National life

दुर्घटनामा परी सात जना घाइते भएका छन्। मृत्यु हुनेमा पूर्वीचौकी गाँउपालिका-३ का २९ वर्षीय खेम बोहरा र सोही ठाँउका ४५ वर्षीय पुरन बोहरा रहेका छन्। 

घाइते भएका सात जनालाई उपचारको लागि जिल्ला अस्पताल डोटी पठाइएको छ। गम्भीर घाइते भएका चार जनालाई भने थप उपचारको लागि त्यहाँबाट धनगढीस्थित निसर्ग अस्पताल पठाइएको छ।

से१ज ८३९ नम्बरको जीप हिजो बेलुकी ७ बजे अनियन्त्रित भएर सडकबाट अन्दाजी ६०० मिटर तल खोलामा खसेको थियो। जीपसहित चालकलाई जिल्ला प्रहरी कार्यालय डोटीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Apr 04, 2022| 10:40 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।