बिहीबार, साउन २८, २०८३

डुबेर चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा डुबेर चार जनाको ज्यान गएको छ।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

काठमाडौं- देशका विभिन्न स्थानमा डुबेर चार जनाको ज्यान गएको छ।

झापा दमक नगरपालिका-५ बस्ने पुष्पकुमार राईका १४ वर्षीय छोरा रोहन राईको डुबेर ज्यान गएको छ। सोही नगरपालिका-२ सत्यहाङ कोलेनी नजिकैको सिपेनी सिमसारमा पौडी खेल्ने क्रममा शुक्रबार दिउँसो डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

चितवन माडी नगरपालिका-१ पाण्डवनगर बस्ने दीपक बोटको दुई वर्षीय मनिष बोटको सोही ठाउँस्थित रिऊ खोलामा खेल्ने क्रममा शुक्रबार दिउँसो डुबेर ज्यान गएको छ।

दाङ राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीमा नुहाउने क्रममा डुबेर अर्घखाँची सितगंगा नगरपालिका-८ लापे बस्ने कृष्ण बिककी छोरी १३ वर्षीया अञ्जली बिकको शुक्रबार साँझ मृत्यु भएको छ। 

तनहुँ शुक्लागण्डकी नगरपालिका-१० साखे बस्ने ५ वर्षीय शुबम थापाको सोही ठाउँस्थित काङ्दी खोलामा पौडी खेल्ने क्रममा शुक्रबार बिहान डुबेर मृत्यु भएको छ। 

डुबेर अशक्त अवस्थामा फेला परेका उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रामघाटमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित: Apr 03, 2022| 13:11 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।