बिहीबार, साउन २८, २०८३

चट्याङ लागेर भलिबल खेलाडी भट्टराईको निधन

चट्याङ लागेर ताप्लेजुङमा एक जनाको ज्यान गएको छ।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

ताप्लेजुङ- चट्याङ लागेर ताप्लेजुङमा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा सिरिजंघा गाउँपालिका-२ आम्बेगुदिन लासाटोल निवासी २३ वर्षीय भलिबल खेलाडी मुकेश भट्टराई रहेका छन्।

उनको गएराति परेको चट्याङ लागेर ज्यान गएको प्रहरीले जनाएको छ। राति करिब १० बजे तिर स्थानीय रनबहादुर चौहानको दुधडेरी अगाडि बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङ लागेर र घाइते भएका भट्टराईलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा  पुर्‍याउना साथ  चिकित्सकले मृत घोषित गरेका थिए।

मुकेश जिल्लामा भलिबल प्रतियोगिताका अब्बल खेलाडीको रुपमा चिनिन्थे।

प्रकाशित: Apr 03, 2022| 08:50 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।