बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सार्वजनिक यात्रुबाहक यातायातमा १० प्रतिशत भाडावृद्धि

सार्वजनिक यात्रुबाहक यातायातमा १० प्रतिशत भाडावृद्धि

सरकारले एक प्रदेशबाट अर्को प्रदेशमा चल्ने लामो दूरीका यात्रुबाहक र मालबाहक सवारी सधानको यातायात भाडादरमा १० देखि १५ प्रतिशतसम्म वृद्धि गरेको छ।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

काठमाडौं- सरकारले एक प्रदेशबाट अर्को प्रदेशमा चल्ने लामो दूरीका यात्रुबाहक र मालबाहक सवारी सधानको यातायात भाडादरमा १० देखि १५ प्रतिशतसम्म वृद्धि गरेको छ। 

पेट्रोलिमय पदार्थमा भएको निरन्तरको मूल्य वृद्धिका कारण सरकारले स्वचालित भाडा निर्धारणको अवधारणाअनुरूप भाडादर वृद्धिका लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो। यातायात व्यवस्था विभागका अनुसार, यात्रुवाहक सवारीमा १०, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १३ र तराईमा सञ्चालन हुने मालवाहक सवारी साधनमा १५ प्रतिशतले भाडा वृद्धि गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेतको सहमतिका आधारमा आजैदेखि लागू हुने गरी दुई वा दुईभन्दा प्रदेश भई सञ्‍चालन हुने सार्वजनिक यातायात भाडादर समायोजन गरिएको विभागको सूचनामा उल्लेख छ। 

पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा इन्धनको बजार मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालितरूपमा अन्तरप्रदेश सार्वजनिक यातायातको भाडादर बढ्ने वा घट्ने व्यवस्था लागू गरिएको छ। 

विभागद्वारा जारी सूचनामा छोटो, मधयम र लामो दूरीका अन्तरप्रदेश रुटमा कायम गरिएको सार्वजनिक यातायातका भाडादर, रुटको नाम, दूरी, साविकको भाडादर र लागू गरिएको भाडादरको सूची समावेश गरिएको छ।

प्रकाशित: Apr 03, 2022| 19:11 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।