बिहीबार, साउन २८, २०८३

ग्यास पड्किँदा तीन बालबालिकाको मृत्यु, एक घाइते

बाह्रबिसे नगरपालिका-८ मानेश्वाँराको लामा टोलमा ग्यास सिलिन्डर पड्किँदा तीन बालबालिकाको ज्यान गएको छ।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

सिन्धुपाल्चोक- बाह्रबिसे नगरपालिका-८ मानेश्वाँराको लामा टोलमा ग्यास सिलिन्डर पड्किँदा तीन बालबालिकाको ज्यान गएको छ।

ग्यास सिलिन्डर पड्किएर भएको आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको हो। स्थानीयवासी मीनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा आइतबार बेलुकी ७ बजेतिर ग्यास पड्किएको प्रहरीले जनाएको छ। 

आगलागी हुँदा उनका छोरा १० वर्षीय इशाक तामाङ, भाइ कुमार तामाङका ६ वर्षीय छोरा सरगम तामाङ र छिमेकी पदम तामाङकी साढे २ वर्षकी छोरी दिव्या तामाङको जलेर मृत्यु भएको हो।

वडाध्यक्ष सुरज लामाका अनुसार आगोमा जलेर उनीहरूको घरभित्रै ज्यान गएको हो। मीनबहादुर घाइते छन्। उनलाई उपचारका लागि अस्पताल लगिएको छ।

प्रकाशित: Apr 04, 2022| 06:56 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।