कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणले अत्यावश्यक वस्तुमा मूल्यवृद्धि नगर्न र बिक्री वितरण प्रभावकारी बनाउन अनुगमन गर्न निर्देशन दिएका छन्।
देशका विभिन्न स्थानमा पाँच जना मृत फेला परेका छन्।
ललितपुर गोदावरी नगरपालिका-९ छेडा बस्ने ५६ वर्षीया मिना कार्की आफ्नै घर नजिक कुखुरा पाल्ने टहरो पछाडि गएराति मृत फेला परेकी हुन्।