आइतबार, असार ७, २०८३

लागूऔषधसहित तीन जना पक्राउ

पक्राउ परेका तीनै जनालाई जिल्ला अदातलबाट लागूऔषधसम्बन्धी मुद्दामा दस दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बनाइएको प्रहरीले जानकारी दिएको छ।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

गण्डकी- शिशुवास्थित इलाका प्रहरी कार्यालय र गगनगौडास्थित वडा प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले छ सय एम्पुल लागूऔषधसहित तीन युवालाई पक्राउ गरेको छ।

National life

पोखरा महानगरपालिका–३० पावरहाउस नजिक सवारी साधन जाँच गर्ने क्रममा तनहुँबाट पोखरातर्फ आउँदै गरेको बसमा सवार नवलपरासी बर्दघाट नगरपालिका–१२ बस्ने २६ वर्षीय अमित शर्मा, वडा नं १३ बस्ने २६ वर्षीय गोपी लोनिया र सोही वडाका २२ वर्षीय प्रदीप बानियाँ पक्राउ परेका हुन्। 

उनीहरुका साथबाट डाइजापाम, फेनेरागन र नुर्फिन ६०० एम्पुल र एक थान मोबाइल फेला परेको कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।

पक्राउ परेका तीनै जनालाई जिल्ला अदातलबाट लागूऔषधसम्बन्धी मुद्दामा दस दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बनाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: Apr 04, 2022| 13:15 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।