काठमाडौं- काठमाडौंको स्यूचाटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
आइतबार साँझ बागमती प्रदेश–०२–०२१ प ६३३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा २२ वर्षीया लक्ष्मी दर्नालको मृत्यु भएको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार डिभाइडरमा मोटरसाइकल ठोक्किएर गम्भीर घाइते भएकी दर्नालको उपचारको क्रममा कलंकीस्थित नेशनल अस्पतालमा मृत्यु भएको थियो। उनको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।