बुधबार, साउन २७, २०८३

लागूऔषधसहित दुई जना पक्राउ

प्रहरीले भक्तपुर र मकवानपुरबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

काठमाडौं- प्रहरीले भक्तपुर र मकवानपुरबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

भक्तपुर सूर्यविनायक नगरपालिका-५ कटुन्जेबाट करिब पाँच किलोग्राम अवैध लागूऔषध गाँजासहित सोही ठाउँ बस्ने ५८ वर्षीय दिनेश ढुंङ्गेललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। 

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले दिनेशको घर तलासी गर्दा लुकाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ।

यस्तै मकवानपुर मनहरी गाउँपालिका-६ लोथरबाट करिब ९० किलोग्राम लागूऔषध गाँजासहित भारत मोजफपुर बस्ने ३५ वर्षीय असगर अलीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

बिआर २५ जिए ३०९२ नम्बरको ट्रकलाई इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकभित्र उक्त गाँजा फेला पारी ट्रक चालक असगरलाई नियन्त्रणमा लिएको हो। दुबै घटना बारे आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 04, 2022| 12:12 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।