बुधबार, साउन २७, २०८३

बूढानीलकण्ठमा इनारमा खसेकी महिलाको सकुशल उद्धार

सिन्धुपाल्चोक तातोपानी घर भई हाल बूढानीलकण्ठ–३ मित्रचोकमा डेरा गरी बस्ने ४५ वर्षाीया पेमा शेर्पाको सकुशल गरिएको हो।
 |  मंगलबार, चैत २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २२, २०७८

काठमाडौं- काठमाडौंको बूढानीलकण्ठ–३ मा ५० फिट गहिरो इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ। सिन्धुपाल्चोक तातोपानी घर भई हाल बूढानीलकण्ठ–३ मित्रचोकमा डेरा गरी बस्ने ४५ वर्षाीया पेमा शेर्पाको सकुशल गरिएको हो।

घरबाट हराएको मौखिक सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी निरीक्षक नेतृत्वको टोलीले खोजतलास गर्ने क्रममा उनी इनारभित्र अचेत अवस्थामा देखिएकी थिइन्। पछि प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखाको टोली उद्धारका लागि पुगेको थियो। 

उद्धारपछि शेर्पालाई उपचारका लागि बूढानीलकण्ठकै करुणा अस्पतालमा पठाइएको छ। उनी अहिले बोल्नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Apr 05, 2022| 10:15 मंगलबार, चैत २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।