बुधबार, साउन २७, २०८३

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादी प्रहरीले पक्राउ गरेको छ।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

काठमाडौं- बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-५ बस्ने इलाम सन्दकपुर घर भएका ४२ वर्षीय डाकमान गुरूङ रहेका छन्।

उनलाई आइतबार प्रहरीले पक्राउ गरेको जनाएको छ। उच्च अदालत पाटनको गत फागुन २९ गतेको फैसलाले ३ दिन कैद र १५ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं बौद्धबाट पक्राउ गरेको हो।

डाकमानले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्याउन प्रभु बैंक लिमिटेड सिनामंगल काठमाडौंमा रहेको खाताबाट रकम भुक्तानी हुने भनी चेक दिएको ठहर गरी अदालतले उक्त फैसला गरेको हो। 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ।

प्रकाशित: Apr 04, 2022| 12:23 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।