बुधबार, साउन २७, २०८३

अनलाइन बिंगो खेलिरहेको अवस्थामा १६ जना पक्राउ

नेपाल प्रहरीले अनलाइन बिंगो खेल्ने १६ जनालाई पक्राउ गरेको छ।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

काठमाडौं– नेपाल प्रहरीले अनलाइन बिंगो खेल्ने १६ जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–६ प्लटिङस्थित एक खाजा घरमा अनलाइन बिंगो खेल्ने सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–१ घर भई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ शिवचोक बस्ने २५ वर्षीय पासाङ शेर्पालगायत १६ जनालाई आइतबार साँझ पक्राउ गरी आज सार्वजनिक गरेको हो।

उक्त खाजा घरमा अनलाइन बिंगो खेल खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई ७४ हजार १५० सहित पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुसँग प्रहरीले एक हजार ५०० थान बिंगो टिकट र दुई थान स्पिकरसमेत बरामद गरेको छ। घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Apr 04, 2022| 14:03 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।