आइतबार, असार ७, २०८३

तमोर नदीमा माछा मार्ने क्रममा एक जना बेपत्ता

मिक्वाखोला गाउँपालिका–२ का तिलबहादुर खोक्लिङका छोरा पर्वत खोक्लिङ नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८
National life
Shivam cement

काठमाडौं- माछा मार्ने क्रममा तमोर नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन्। मिक्वाखोला गाउँपालिका–२ का तिलबहादुर खोक्लिङका छोरा पर्वत खोक्लिङ नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रहरीका अनुसार उनी साथीहरूसँग माछा मार्न तमोर नदीमा गएका थिए। नदीले अचानक बगाएपछि उनका साथीहरूले खबर गरेका थिए। घटनाबारे खोज अनुसन्धान र बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। 

गए राति भएको उक्त घटनाबारे आज बिहान मात्र प्रहरीलाई खबर गरिएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक कैलाश राईले बताए।

प्रकाशित: Apr 04, 2022| 13:40 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।